Our Contributions

recordfile

गुरुंग समाज नेदरल्याण्डद्वारा छात्रवृत्ति

गुरुंग समाज नेदरल्याण्डस्ले सन् २०१४/२०१५ देखि तमू सांस्कृतिक प्रतिष्ठान, नेपालसंगको समन्वयमा गुरुंग समुदायभित्रका गरिब, जेहन्दार तथा प्रतिभाशाली १ छात्र र १ छात्रा गरी जम्मा २ जना विद्यार्थीहरुलाई हरेक शैक्षिक सत्रको लागि छात्रवृत्ति प्रदान गर्ने पवित्र उद्देश्य राखि एक छात्रवृत्ति अक्षय कोषको स्थापना गरी निरन्तर रुपमा सो कार्यक्रमलाई अगाडि बढाइरहेको छ । यस कार्यक्रम अन्तर्गत हालसम्म ६ जना प्रतिभाशाली विद्यार्थीहरुले लाभ लिइसकेका छन् भने भविष्यमा पनि यो कार्यक्रम निरन्तर र व्यवस्थित रुपमा जारी रहनेछ ।

आर्थीक सहयोग

स्वास्थ्य उपचारका लागि संकलित रकम हस्तान्तरण गुरुंग समुदायका एक चिरपरिचित कलाकार, सर्जक, संगीतकार एवं गायक तथा गुरुंग जातिको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा गीत, संगीत र कलाकारिताको माध्यमद्वारा महत्वपूर्ण योगदान पुर्याउनु हुने “तमू ह्युल्सा क्वे” (गुरुंग राष्ट्रिय गीत) लगायत सयौं तमू भाषाका गीतहरुका सर्जक कृष्णबहादुर गुरुंग ज्यू को स्वास्थ्य उपचारका निम्ति गुरुंग समाज नेदरल्याण्ड मा आवद्द सदस्यहरुद्वारा संकलित रकम रु. १,४२,४१० ( अक्षरुपी एक लाख बयालिस हजार चार सय दस मात्र) मिति १ सेप्टेम्बर २०२३ का दिन उहांकै निवास सिमलचौर, पोखरा मा समाजका तत्कालिन महासचिव तथा हाल का अध्यक्ष पृथ्वीमान गुरुंग द्वारा हस्तान्तरण गरियो । उक्त अवसरमा सहयोग रकम ग्रहण गर्नुहुदैं वरिष्ठ कलाकार कृष्णबहादुर गुरुंग ज्यू ले सहयोग गर्नु हुने गुरुंग समाज नेदरल्याण्ड परिवारलाई धन्यवाद प्रकट समेत गर्नु भएको थियो ।
krishnagrg help 771x1024
vollyballhelp

भलिवल संघ, कास्कीलाई सहयोग

गत १६ अगस्ट २०२२ का दिन जिल्ला भलिवल संघ, कास्की का अध्यक्ष बिष्णुबहादुर गुरुंग लाई गुरुंग समाज नेदरल्याण्ड को तर्फबाट तत्कालिन समाजका अध्यक्ष कृष्णबहादुर गुरुंग र तत्कालिन महासचिव पृथ्वीमान गुरुंगले संयुक्त रुपमा ८ थान भलिवल, ३ थान नेट (जाली) र १ थान पम्प खेलकुद सामाग्री सहयोग स्वरुप प्रदान गरिएको थियो । खेलकुद विकासमा थोरै भएपनि सहयोग पुगोस् भन्ने अभिप्रायले प्रदान गरिएको सो खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला भलिवल संघ का कोषाध्यक्ष र खेलाडी भाइ बहिनीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा भलिवल संघ, कास्की का अध्यक्ष विष्णुबहादुर गुरुंग ले सहयोग को निम्ति गुरुंग समाज नेदरल्याण्ड परिवारलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
Scroll to Top